Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


राष्ट्रिय आयोगका नवनियुक्त उपाध्यक्ष प्रकाश र सदस्य सुनीतिद्वारा शपथग्रहण


299
Shares

काठमाडाैं। राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा) ले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ।

मंगलबार आयोजित एक कार्यक्रममाझ उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शपथ ग्रहण गर्नुभएको हो । त्यस लगत्तै सदस्य हाडाले प्रधानमन्त्री कार्कीको उपस्थितिमा उपाध्यक्ष श्रेष्ठसमक्ष शपथ ग्रहण गर्नुभयो। कार्यक्रममा योजना आयोगका सदस्य एवं मुख्य सचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ र आयोगका सचिव रविलाल पन्थ लगायत सरकारी उच्च अधिकारीहरूको उपस्थिति थियो।

शपथपछि प्रधानमन्त्री कार्कीले नवनियुक्त उपाध्यक्ष र सदस्यलाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले अहिलेको मुलुकको अवस्थाको राम्रोसँग अध्ययन गरी र जेनजी युवाको आकांक्षाबमोजिमका योजनाको तयारी गर्न निर्देशन दिनुभएकाे छ।

मन्त्रिपरिषदकाे सोमवारको बैठकले आयोगका उपाध्यक्ष र सदस्य नियुक्ति सम्बन्धी निर्णय गरेको थियो।