Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


जेनजीकाे कार्यक्रम एमालेले राेक्न खाेजेकाे सुदन गुरूङकाे आराेप


1.4k
Shares

काठमाडाैं ।
हामी नेपालका संस्थापक सुदन गुरूङले पोखरामा हुने कार्यक्रम नेकपा एमालेले रोक्न खोजेको आरोप लगाएका छन्।

पोखरा उद्योग वाणिज्य संघको सभाहलमा सुदनलाई सम्मान गर्ने तयारी छ। उक्त कार्यक्रमअघि गुरूङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै एमालेले कार्यक्रम बिथोल्ने प्रयास गरेको दाबी गरेका हुन्।

पोखरामा जेनजी भाइबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमा-बुबालाई दाजुभाइ तथा दिदीबहिनीहरू भेट्न हामी पोखरा निस्कियौं र हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ,’ उनले लेखेका छन्।

त्यस्तै आफूहरू कसैसँग पनि सामना गर्न नडराउने पनि उनले बताएका छन्। तर यसले हाम्रो कदम रोक्दैन, किनकि हामी हिजो देशका लागि लडेर आएका हौं, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन, हामी सधैं सत्य र देशको पक्ष उभिन्छौं, हामी आफ्ना जेनजी दाजुभाई-बहिनीका आवाजसँग जोडिन्छौं र अझ बलियो हुन्छौं, हामी झण्डा गर्वले उचाल्छौं, झण्डा उठाएर, शिर ठाडो पारेर, हामी पोखरा आउनेछौं,’ उनले लेखेका छन्, तिमीहरूले गलत पुस्ताका युवाहरूसँग निहुँ खोज्यौ।’

Skip This