Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशन कार्यतालिका पेस गरिने


455
Shares

काठमाडौं ।

पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।

पुस २६ देखि २९ गतेसम्म १५औँ महाधिवेशन गर्ने सहमति बनेपछि बैठक बोलाइएको हो।

महाधिवेशनको कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्णयार्थ पेस गर्नेछन्।

आइतबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँगको छलफलपछि सहमतिपूर्ण प्रस्ताव तयार गरिएको हो।

यसअघि अलग–अलग प्रस्ताव पेस भएकाले आज कार्यवाहक सभापतिद्वारा एकीकृत प्रस्ताव पेस गरिने स्रोतले जनाएको छ। विमति आए मतविभाजनबाट निर्णय गरिने बताइएको छ।

Skip This