Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


एमालेको ११औं महाधिवेशनको लोगो आज सार्वजनिक हुँदै


182
Shares

काठमाडौं ।

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको लोगो आज सार्वजनिक हुने भएको छ।

ललितपुरस्थित पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले दिउँसो लोगो अनावरण गर्ने कार्यक्रम तय गरिएको एमालेले जनाएको छ।

एमालेले मंसिर २७–२९ मा काठमाडौं उपत्यकामा हुने महाधिवेशनका लागि शनिबार प्रतिनिधि छनोट सम्पन्न गरेको छ। अधिकांश ठाउँमा सर्वसम्मत र केही क्षेत्रमा चुनावमार्फत प्रतिनिधि चयन भएका छन्। पार्टीका संगठित सदस्य संख्या ६ लाख ६७ हजार ६३० पुगेका छन्।

एमालेले सदस्य संख्या अनुसार विभिन्न क्लस्टरको व्यवस्था गरी प्रतिनिधि चयन मापदण्ड बनाएको छ, जसमा भूगोल सबैभन्दा ठूलो क्लस्टर मानिएको छ। भूगोललाई संघीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरिएको हो।

महाधिवेशनमा केन्द्रीय कमिटी, तीन आयोग, केन्द्रीय सल्लाहकार परिषद्कासहित विशेष जिल्ला, प्रदेश र जनसंगठनबाट प्रतिनिधि रहनेछन्। त्यसैगरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना युवा प्रतिनिधि अनिवार्य रुपमा सहभागी हुने व्यवस्था गरिएको छ।