काठमाडौं ।
हङकङको एउटा बहुतले अपार्टमेन्टमा भीषण आगलागी हुँदा कम्तीमा तेह्र जनाको मृत्यु भएको छ ।
चिनियाँ शहर शेनचेनको सीमा नजिकको ताइ पो मा रहेको अर्पाटमेन्टमा आज दिउँसो आगलागी भएको हो । आगलागी भएको भवनभित्र थुप्रै मानिस फसेको आशंका गरिएको छ ।
आगलागीमा परि दर्जनौं घाइते भएकोमा ३ जनालाई गम्भीर अवस्थामा उद्धार गरि अस्पताल भर्ना गरिएको अधिकारीहरुले बताएका छन् ।
अग्निनियन्त्रकहरु पनि आगलागीमा परेको स्थानिय सचारमाध्यमहरुले जनाएका छन् । अपार्टमेन्टको वरपर बाँसले बनेको मचानमा आगो सल्किंदा अपार्टमेन्टमा आगो तीब्र गतिमा फैलिएको बताइएको छ ।
हङकङमा आगलागीका घटना दुर्लभ मानिन्छन । यसअघि सन् २००८ मा मोङकोकको व्यावसायिक भवनमा आगलागी भएको थियो ।





प्रतिक्रिया दिनुहोस्