Logo ९ मंसिर २०८२, मंगलबार | Tue Nov 25 2025


प्रतिनिधि सभा विघटनविरुद्ध एमालेद्वारा सर्वोच्चमा रिट दायर


260
Shares

काठमाडौँ । प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ ।

नेकपा एमाले विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले मंगलबार रिट निवेदन पेस गरेको जानकारी दिए ।

असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग सहितको रिट निवेदन नेकपा एमाले संसदीय दलको तर्फबाट आज मंगलबार सम्मानित सर्वोच्च अदालतमा पेस भएकाे जानकारी दिएका छन् ।

गत भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए । त्यसपछि सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको थियो । एमालेले भने प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै विरोध गर्दै आएको छ ।