Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


मुख्यसचिव एकनारायण अर्याल आजदेखि अवकाशमा


572
Shares

काठमाडौं ।

मुख्यसचिव एकनारायण अर्याल मंगलबारदेखि अनिवार्य अवकाशमा गएका छन्। उनी अवकाशमा गएसँगै सरकारले सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हाे ।

२०८१ भदौ १३ मा मुख्यसचिव बनेका अर्यालले आफ्नो कार्यकालमा शासकीय सुधार, नीतिगत एवं कानुनी परिमार्जन, सार्वजनिक सेवा प्रवाहको सहजीकरण तथा विकास निर्माणमा देखिएको ढिलासुस्ती हटाउन भूमिका खेलेको दाबी गरेका छन्।

उनको नेतृत्वमा जेनजी आन्दोलन व्यवस्थापन, विभिन्न संवाद तथा वार्तामार्फत स्थायित्व कायम गर्ने पहल, अनुपयुक्त मापदण्ड खारेजी, सहकारी क्षेत्रका समस्याका लागि प्राधिकरण गठन, जैविक तथ्यांकमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, ‘ग्रेलिष्ट’ हटाउन कार्ययोजना निर्माण र सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णयजस्ता काम भएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उल्लेख गरेको छ।

विद्युतीय शासन प्रणाली, सेवा प्रवाहमा राष्ट्रिय परिचयपत्रलाई आधार बनाउने व्यवस्था, सगरमाथा संवादको सहजीकरण तथा नीति प्रयोगशाला अवधारणाको कार्यान्वयनलाई पनि उनले प्राथमिकतामा राखेका थिए।

Skip This