Logo ८ मंसिर २०८२, सोमबार | Mon Nov 24 2025


५६ दलले आयोगमा दल दर्ता गराए


182
Shares

काठमाडौं ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता हुने दलको सङ्ख्या ५६ पुगेको छ ।

आयोगले दिएको जानकारी अनुसार आइतबार मात्रै दर्ता भएका थप १६ दलसहित कूल ५६ पुगेको हो ।

आइतबार विघटित प्रतिनिधी सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित १६ राजनीतिक दलले प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका आयोगमा दर्ता गराएका थिए । अर्को ठूलो दल नेकपा एमालेले भने अहिलेसम्म आयोगमा दल दर्ता गराएको छैन ।

प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने दलले मङ्सिर १० गतेसम्म दल दर्ता गराईसक्नुपर्नेछ । यस्तै आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको संख्या १३ पुगेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा भाग लिनका लागि दल दर्ता हुने समयसीमा हिजो सकिएको छ ।आइतबार नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र तराई मधेश लोकतान्त्रिक पार्टी आगामी निर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता भएका छन् ।