Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारले आज पार्टी एकता घोषणा गर्दै


1.9k
Shares

काठमाडौं ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारले आज संयुक्त रूपमा पार्टी एकता घोषणा गर्दैछन्।

काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने वृहत् घोषणासभाका सबै तयारी पूरा भएको नेसपा नयाँ शक्तिका प्रचार विभाग प्रमुख रेखी गुरुङले जानकारी दिएका छन् ।

तीन मुख्य समूहसँगै अन्य वैकल्पिक राजनीतिक धाराहरूलाई पनि एउटै संरचनामा समेट्ने प्रयास भइरहेको बताइएको छ ।

कात्तिक २८ गते तीन पक्षबीच एकताको सहमतिपत्रमा हस्ताक्षर भएको थियो। आजको सभामा नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूलाई मात्र निम्तो दिइएको छ।

यससँगै नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल तथा जेनजीका समूहहरूसँग पनि एकता–सम्वाद जारी राखेको जनाएको छ।