Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


मिरज ढुंगानकाे कार्यालयमा आक्रमण


5.7k
Shares

काठमाडौं ।
जेनजी आन्दोलनका अगुवा मिरज ढुंगानाको कार्यालयमा आक्रमण भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत ढुंगानाले आफ्नो कार्यालयमा बुधबार साँझ आक्रमण भएको बताएका हुन् ।

ढुङ्गनाले लेखेका छन्, ‘हामीमाथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो आज। हामी माथि र हाम्रो महिला साथीहरूमा पनि हातपात भयो। के गर्न खोज्नु भएको हो हामीलाई ?’

यद्यपि उनले को बाट आक्रमण भएको भन्ने विषयमा केही उल्लेख भने गरेका छैनन् । घटनाबारे विस्तृत विवरण र आक्रमणकारीहरूको पहिचान खुल्न बाँकी रहेकाले कार्यालय पक्षले सुरक्षा निकायसँग आवश्यक कारबाहीको माग गरेको जनाएको छ। उक्त विषयमा प्रहरी पक्षले प्रारम्भिक अनुसन्धान सुरु गरिएको बताएको छ।