Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘डोजर’


1.3k
Shares

काठमाडौँ । राष्ट्रिय जनमत पार्टी मंगलबार काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगमा दर्ता भएको छ। सो पार्टीका नेताहरू आयोगको मुख्यालय पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन्।

मधेसका समस्या समाधान गर्न केन्द्रित उद्देश्यसहित दल दर्ता गरिएको पार्टीका नेता इरफान हमसेखले बताए। उनका अनुसार मधेसका समस्याहरू पहिल्यै चिन्हित भएको र त्यही समस्याको अन्त्यका लागि आफूहरूले पार्टी गठन गरेको हुन्। “पूर्वदेखि पश्चिमसम्म हाम्रो संगठन पहिले देखिनै सक्रिय छ, दर्ता मात्रै अहिले गरेका हौँ,” उनले भने।

दर्तासँगै पार्टीले ‘डोजर’ चुनाव चिन्ह पाएको छ। हमसेखले मधेसमा विद्यमान भ्रष्टाचारलाई ‘डोजर’ लगाएर हटाउने दाबी गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रभावकारी उपस्थिति जनाउने विश्वास व्यक्त गरे। विभिन्न दलहरूले पनि चुनाव तयारीसहित निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया अघि बढाइरहेका छन्।

Skip This