Logo २ मंसिर २०८२, मंगलबार | Tue Nov 18 2025


मतदाता नामावली दर्ता : थपिए ६ लाख २० हजार नयाँ मतदाता


377
Shares

काठमाडौँ ।

निर्वाचन आयोगले छ लाख २० हजार नयाँ मतदाता थपिएको जनाएको छ । आयोगका अनुसार यो तथ्याङ्क सोमाबार राति ९ बजेसम्मको हो ।

तीन लाख ११ हजार ४१४ जना निर्वाचन आयोगको नियमित सर्भरबाट र तीन लाख आठ हजार ५८५ जना राष्ट्रिय परिचयपत्रको आधारमा नयाँ मतदाता थपिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत् मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन जारी छ ।

पहिलो चोटी गत कात्तिक ३० गतेसम्म मात्रै नयाँ मतदाताका लागि नाम दर्ताको समय दिइएको थियो । पछि थपेर यही मंसिर ५ गतेसम्म नाम दर्ताको समय तोकिएको छ ।