Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


कोरिया भ्रमण सकेर सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता


273
Shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल दक्षिण कोरियाको सिओलमा सम्पन्न ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी भएर आज स्वदेश फर्किएका छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कात्तिक २५ गते सिओल पुगेका मन्त्री खरेलले डिजिटल र एआई ट्रान्सफर्मेसनसम्बन्धी अनुभव, रणनीति र सहकार्यका विषयमा सहभागी देशका मन्त्रीहरूसँग विचार–विमर्श गरेका थिए।

फोरममा ‘डिजिटल र एआई ट्रान्सफर्मेसन’ तथा ‘दिगो डिजिटल भविष्यका लागि वैश्विक सहकार्य’ शीर्षकमा दुई सत्र सञ्चालन भएका थिए। खरेलले नेपालले तयार पारेको एआई नीति, राष्ट्रिय एआई केन्द्र सञ्चालन तथा एआई काउन्सिल गठन प्रक्रियाबारे जानकारी गराउँदै फोरम नेपालका लागि फलदायी रहेको बताए।

फोरमका क्रममा कोरिया सरकार र नेसनल इनफर्मेसन सोसाइटी एजेन्सी (एनआइए)ले डिजिटल सहकार्यमा नेपालसँग साझेदारी विस्तार गर्ने इच्छा व्यक्त गरेको मन्त्री खरेलको सचिवालयले जनाएको छ। दक्षिण कोरियामा रहँदा उनले ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’ तथा सिओलस्थित नेपाली राजदूतावासको पनि अवलोकन गरेका थिए।