काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुन नसक्ने बताउनुभएको छ ।
अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो। उहाँले सरकारसँग पैसा छैन भन्ने तर भएको पैसा पनि उपयोग हुन नसक्ने स्थिति राम्रो नभएको बताउनुभयो ।
उहाँले निजी क्षेत्रको मनोबल उकास्न बैंकको ब्याजदर घटाउँदै लगेपनि लगानी आकर्षित नहुने चिन्ताको विषय भएको बताउनु भयो । उहाँले बैंकको इन्ट्रेस्ट रेट वान डिजिटमै आइसकेपनि अझै बढी भइरहेको गुनासो आउने गरेको बताउनुभयाे ।
नेपालको अर्थतन्त्रको मोडल रेमिट्यान्समै आधारित रहेपनि प्रयोग हुन नसकेको बताउनुभयो । नेपाल सरकारको पैसालाई कसरी उपयोग गर्ने भन्ने चुनौति रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नेपाल सरकारसँग पैसा छैन भन्ने गरिन्छ । तर भएका पैसा पनि खर्च हुँदैन । पैसा छैन भने कटौति गरिरहेका छौँ । गर्नुपर्ने कुरा पनि हो । तर जति छ त्यो पनि खर्च हुँदैन । प्राइभेट क्षेत्रलाई पुष गर्नुपर्याे भन्दा इन्ट्रेस्ट घटाउनु सबैभन्दा ठूलो कुरा हो । संसारमा अलिकति इन्ट्रेस्ट घटबढले गर्दा कति निजी लगानी असर गर्दछ ।
इन्ट्रेस्ट वान डिजिटमै आइसक्यो । तर बढी भइरहेको छ । युज भएको छैन । साधन छ पनि साधन छैन पनि । यो एक दिनमा आएको पनि होइन । हाम्रो इकोनोमिक मोडल रेमिट्यान्समै भएपनि हामीले त्यसलाई युज गर्न सकेनौँ । एक्सपोर्टमा लगाएनौँ । अहिलेको यो स्थितिमा आइपुग्यौँ ।
नेपाल सरकारको पैसालाई कसरी उपयोग गर्ने यो चुनौती छ । कस्तो लिक्विडिटी ट्रयापमा परेको हो नेपाल रु जति ब्याज घटाए पनि मान्छे नआउने रु त्यो वातावरण बनाइदिने राजनीतिले हो । राजनीतिक तह कमजोर भएपछि अर्थतन्त्रले मात्रै काम गर्दैन ।’
पूर्वअर्थमन्त्री डा. लोहनीले अहिलेको परिस्थितिमा कमजोर हुनु नै संकटको घडी भएको जिकिर गर्नुभयो । राष्ट्रबैंकमा अहिलेसम्म नेपालीहरुको धेरै विश्वास रहेको र राष्ट्रबैंक धरै राजनीतिकरण नभएको संस्था भएको बताउनुभयो ।




प्रतिक्रिया दिनुहोस्