काठमाडौं ।
नेपाली कांग्रेसको कार्यसम्पादन समितिले महाधिवेशनको मितिमा सहमति जुटाउने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ ।
हिजो अबेर सकिएको कार्यसम्पादन समितिको अनौपचारिक बैठकले विभिन्न विचारको प्रतिनिधित्व गर्ने पक्षसँग आवश्यक परामर्श गरेर सहमतिको प्रस्ताव ल्याउने जिम्मा दिएको हो ।
खड्काको प्रस्ताव मंशिर १ गते बस्ने बैठकमा प्रस्ताव हुनेछ । प्रस्तावमा सहजै सहमति भए भोलि नै नभए पर्सिमात्र केन्द्रीय समितिको बैठक बस्नेछ ।
बैठकमा शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, नेता विमलेन्द्र निधि र सहमहामन्त्री महेन्द्र यादवले सहमतिको प्रस्ताव के हुन सक्छ भनेर कार्यवाहक सभापतिलाई प्रस्ताव गर्न आग्रह गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्