Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य


0
Shares

काठमाडौं ।
नेपाली बजारमा सोमवार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन तोलामा २ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमवार बढेर तोलामा २ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

आईतवार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमवार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो । सुनचाँदीको भाउमा निरन्तर उत्तारचढाव देखिँदै आएको छ, यसबाट सुनमा लगानी गर्नेहरु पनि संशकित देखिदै आएका छन् ।