Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


दुर्गा प्रसाईं सुकुम्बासीको समर्थनमा, मेयर बालेनविरुद्ध लड्ने घोषणा


2.5k
Shares

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईं आइतबार मनोहरा सुकुम्बासी बस्ती पुग्नुभएकाे छ ।

उहाँले भेला भएका सुकुम्बासीलाई सम्बोधन गर्दै काठमाडौँ महानगरका मेयर बालेन शाहविरुद्ध लड्न सहयोग गर्ने घोषणा गर्नुभएकाे छ ।

महानगरले बस्ती खाली गर्न दिएको एक हप्ताको अल्टिमेटम सकिँदै गर्दा प्रसाईं सुकुम्बासीको समर्थनमा उभिनुभएकाे हाे । उहाँले दलहरूले सुकुम्बासीलाई भोट बैंकको रूपमा प्रयोग गरेको आरोप लगाउँदै पक्की घर दिलाउने वाचासमेत गरेका आरा‍ेप लगाउनुभएकाे छ ।

यस क्रममा प्रसाईंले बालेन र भिक्टर पौडेलमाथि दुई करोड रुपैयाँ घुस खाएको आरोपसमेत लगाउनुभएकाे छ। उहाँको यो कदमलाई बालेन शाहविरुद्धको राजनीतिक मोर्चाबन्दीका रूपमा हेरिएको छ।