Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


नेक्रविक्रम चन्द, शर्मा र भुसालबीच सहकार्यको सहमति


3.1k
Shares

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द, जनार्दन शर्मा र घनश्याम भुसालबीच सहकार्य गर्ने सहमति भएको छ ।

ललितपुरको हात्तीवनस्थित चन्दको निवासमा तीन नेताबीच आज भएको छलफलमा बृहत् वामपन्थी एकता अभियान लागि सहकार्य गर्ने सहमति भएको हो ।

उनीहरुले संयुक्त विज्ञप्ति निकालेर वृहत वामपन्थी एकताका लागि आह्वान समेत गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रका उपमहासविच रहेका जनार्दन शर्मा दश वामबीचको एकतामा नगएर अलग हुनुभएको हो भने नेकपा एकीकृत समाजवादीको महासचिव रहेका घनश्याम भुसाल पनि एकता प्रक्रियाबाट अलग हुनुभएको हो ।