Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


सुशासनको पक्षमा उभिँदा पनि भ्रष्टाचारविरोधी निशाना बनेँ : शंकर पोखरेल


468
Shares

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफू सधैं सुशासन र मितव्ययिताको पक्षमा रहे पनि हालको घटनाले आफूलाई भ्रष्टाचारविरोधी अभियानको निशानामा पारेको भन्दै दुःख व्यक्त गरेका छन्।

भदौ २४ गते भएको आगजनी र तोडफोडपछि करिब दुई महिना साथीको घरमा बसेका पोखरेल अहिले फ्ल्याटमा भाडामा बस्दै डेराको जीवन सुरु गरेको बताउँछन्।

उनले आफ्नो राजनीतिक यात्रा र निजी जीवनका संघर्षहरू उल्लेख गर्दै मुख्यमन्त्री हुँदा शतप्रतिशत पुँजीगत खर्च र बेरुजु शून्य रहेको उपलब्धि स्मरण गरेका छन्।

पोखरेलका अनुसार उनको परिवारले दाङमा ३०० बिघाभन्दा बढी जग्गा समाजसेवाका लागि दान गरेको थियो। कोटेश्वरस्थित घर भने अमेरिकामा बस्ने सालीले उपहारमा दिएको घडेरी र दाजुले पठाएको पैतृक सम्पत्तिबाट निर्माण गरिएको उनले स्पष्ट पारेका छन्।