Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


भदौ २३ गते गोली हान्ने आदेश परिस्थितिले दिएको थियो : प्रहरी महानिरीक्षक


10.1k
Shares

काठमाडौं ।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले भदौ २३ र २४ गतेको घटनामा प्रहरीलाई गोली हान्ने आदेश कसैले नदिएर परिस्थितिको उपज भएको बताउनुभएको छ ।

भदौ २३ गते जेन–जी प्रदर्शनका क्रममा भएको गोली प्रहारमा काठमाडौंमा मात्रै १९ जनाको मृत्यु भएको थियो । त्यस प्रकरणमा गोली हान्ने आदेश दिनेहरूलाई कारबाही गर्नुपर्ने माग उठिरहेको अवस्थामा प्रहरी महानिरीक्षक खापुङले महत्वपूर्ण संरचनाको रूपमा रहेको प्रतिनिधिसभा जोगाउनुपर्ने प्रहरीको दायित्वको कारण गोली हान्नु परेको स्पष्ट पार्नुभयो ।

इमेज च्यानल एचडीको लोकप्रिय कार्यक्रम हटसिटमा बुधबार अन्तर्वार्ता दिँदै नेपाल प्रहरीका महानिरीक्षक खापुङले विभिन्न ऐन कानुनले त्यस्ता महत्वपूर्ण संरचनाको संरक्षण गर्ने दायित्व प्रहरीलाई दिएकाले उक्त दायित्व बहन गर्दा सो गोली काण्ड घट्न पुगेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘मानिसको मृत्यु आफैंमा दुःखद् हो । हामीलाई त्यो घटनाले निकै दुखित तुल्याएको छ । म त व्यक्तिगत रूपमा क्षमाप्रार्थी पनि छु ।’ड्याङ ड्याङ गोली हानेर एकै दिन २१ जना निर्दोष युवाको ज्यान जाने गरी किन र कसले गोली हान्यो भन्ने प्रश्नमा प्रहरी महानिरीक्षक खापुङले भन्नुभयो – ‘यो बहुत दुखद् कुरा हो त्यस्तो हुनु हुँदैनथ्यो तर परिस्थिति त्यस्तो निर्माण भयो, परिस्थिति त्यसरी निर्माण गरियो कि प्रहरीले त्यसखालको बल प्रयोग गर्नुपर्ने परिस्थिति सिर्जना भयो ।’ उहाँले प्रहरीले न्यूनतम बल प्रयोग गर्नुपर्ने भन्ने कुरा नै भइरहेकोमा एक्कासि गोली नै हान्नुपर्ने अवस्था सिर्जना हुन पुगेको दाबी गर्नुभयो ।

अन्तर्वार्ताका क्रममा महानिरीक्षक खापुङले भन्नुभयो– ‘भदौ २३ गतेको घटना घुसपैठियाहरूका कारण हुन पुगेको हो । जेन–जीहरूको यसमा कुनै भूमिका छैन । घुसपैठियाहरूले नै नियोजित रूपमा राज्यको महत्वपूर्ण संस्थाको रूपमा रहेको संसद् भवनको पर्खाल नै तोड्ने र भित्र पसेर आगजनीको क्रम सुरु गरेपछि त्यहाँभित्र ड्युटी बस्नेहरूको भवन बचाउनुपर्ने कानुनी म्यान्डेटअनुसार नै गोली प्रहार भएको हो । मानिसलाई ताकी ताकी गोली हान् भनेर कसैले आदेश दिँदैन, गोली हान्ने आदेश तत्कालीन अवस्थाको परिस्थितिले दिएको हो ।’

अन्तर्वार्ताका क्रममा प्रहरी महानिरीक्षक खापुङले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले नै गोली हान्ने आदेश दिएको भन्ने आरोपको खण्डन गर्नुभयो । उहाँले भन्नुभयो– ‘यस्ता कुराहरूमा प्रधानमन्त्री, गृहमन्त्रीले आदेश दिए भन्ने नै हुँदैन । सबै कुराहरूमा प्रधानमन्त्री, गृहमन्त्री, आईजीपीले आदेश दिइरहेको हुँदैन । सबैले आआफ्नो कर्तव्य निर्वाह गर्ने हो । कसले के गर्ने भन्ने कुरा ऐन नियम कानुनमा नै स्पष्ट छ ।’

खापुङले प्रहरीले गरेको कामको जिम्मेवारी आफूले लिने बताउँदै यस प्रकरणमा प्रहरीले आफ्नो कार्यसम्पादन गरेको हो भन्ने कुरामा आफू ढुक्क रहेको दाबी गर्दै खापुङले प्रहरीले आफ्नो स्वार्थमा केही नगरेको र कानुनले दिएको जिम्मेवारी पूरा गर्दा कुनै प्रकारको आरोप लगाउन नहुनेमा जोड दिनुभयो । उहाँले महत्वपूर्ण संरचना जोगाउन अन्तिम चरणमा बल प्रयोग भएको बताउँदै त्यत्रो भिडन्तमा प्रहरीले सयौं गोली हानेकोमा अझै संयमित नभएको भए सयौंको हताहती हुनसक्ने बताउनुभयो ।

–परिस्थितिले प्रहरीलाई गोली हान्नुपर्ने अवस्थामा पु¥यायो
–घुसपैठीयाले स्थितिलाई उत्तेजक बनाएपछि घटना भयो
– गोली हान्न प्रधानमन्त्री र गृहमन्त्रीले आदेश दिए भन्ने नै हुँदैन
–यस विषयमा प्रहरीले पनि विशेष टिम बनाएर अनुसन्धान गरिरहेको छ

–२३ भदौमा नै आगजनी र विध्वंस गर्ने योजना रहेको थियो
–२४ भदौमा प्रहरी र सेनाले मानिस बचाउनकै लागि बल प्रयोग नगरेको हो
–प्रधानमन्त्री र गृहमन्त्रीले कसैलाई पक्राउ गर्न आदेश दिनु भएको छैन
–२१ गतेको निर्वाचन गराउन प्रहरी कटिवद्ध छ
–प्रहरीको मनोबल उठाउन नीतिगत निर्णय र स्पष्टता जरुरी छ

पटक पटक घुसपैठियाको सन्दर्भ उठान गर्नुभएका महानिरीक्षक खापुङले घुसपैठिया को थियो भन्ने प्रश्नको भने स्पष्ट जवाफ दिनुभएन । उहाँले भन्नुभयो – ‘२३ भदौमा त्यस्तो परिस्थिति सिर्जना गर्नका लागि घुसपैठ भएकै थियो जस्तो लाग्छ किनकि जेन–जीहरूको घोषित कार्यक्रममा उहाँहरूको कहीँ पनि त्यसरी आगजनी गर्ने, तोडफोड गर्ने ,आक्रमण गर्ने खालका कुनै कार्यक्रम थिएनन् । त्यस्तो उहाँहरूबाट कल्पना पनि गरिएको थिएन । तर, घुसपैठीयाले स्थितिलाई उत्तेजक बनाएपछि २३ गते नै जेन–जीहरूले हाम्रो कार्यक्रम सफल भयो, सकियो, त्यसैले सबैजना फर्किउ भन्ने किसिमले म्यासेज पनि गरिरहनुभएको थियो ।

त्यसैले घुसपैठ भएकै हो तर धेरै कुरा मैले भन्नुभन्दा पनि यस विषयमा छानबिनको लागि उच्चस्तरीय आयोग पनि बनेको छ । आयोगले छानबिन गरिरहेको छ ।’ उहाँले यस विषयमा प्रहरीले पनि विशेष टिम बनाएर अनुसन्धान गरिरहेको भए पनि निष्कर्ष नआउँदासम्म अहिले नै यो पक्षको संलग्नता थियो भनेर भन्ने अवस्था नरहेको बताउनुभयो ।

सूचना संयन्त्र निकाय पंगु नै भएको हो त भन्ने प्रश्नमा उहाँले भन्नुभयो– ‘त्यसरी पंगु नै भनेर त नभनांै । तर पर्याप्त ध्यान नदिएको चाहिँ हो । २३ गतेको दिन सामान्य घुसपैठ हुन्छ भन्ने त लागेको थियो तर भीड आएर संसद् नै जलाउँछन् भन्ने लागेको थिएन ।’ उहाँले घुसपैठियाहरूको २३ भदौमा नै आगजनी र विध्वंस गर्ने योजना रहेको भए पनि त्यो दिनको घटनाले सो कार्य रोकिएको हुनसक्ने अनुमान गर्नुभयो । उहाँले भदौ २३ र २४ गते सबै सुरक्षा निकायबीच प्रभावकारी समन्वय भएको र बाहिर आएको हल्ला निराधार रहेको दाबी पनि गर्नुभयो ।

तपाईं र प्रधानमन्त्री ओलीे घुसपैठियाहरूले घटना घटाए भनेर उम्किन मिल्ला र रु भन्ने प्रश्नमा उहाँले त्यो कुरा समयले स्पष्ट पार्ने र त्यसको लागि केही समय पर्खन पर्ने बताउनुभयो ।आगजनी हुने अवस्थामा विशेष परिस्थिति पर्दा प्रहरीलाई गोली हान्नकै लागि हतियार दिएको तर्क अघि सार्दै उहाँले प्रश्न गर्नुभयो– ‘महत्वपूर्ण संरचनामा आगो लाग्दा त्यहाँ बस्ने प्रहरीले के गर्ने रु यो आन्दोलन अन्तिम होइन भविष्यमा पनि हुन सक्छ ।

त्यतिबेला पनि आए भने सबै जलाउन दिने रु जस्तो अहिले पनि विभिन्न आन्दोलन घोषणा भएको छ । प्रहरीका कैयौं भवन जले । प्रहरीलाई घोची घोची मारिएको छ, घिसारी घिसारी मारिएको छ । लाठी हानेर मारिएको छ । त्यस्तो अवस्था दुखद् छ । प्रहरीले त जनताको लागि लडेको छ, सुरक्षा दिएको छ जनतालाई, अनि प्रहरीमाथि नै किन आक्रमण रु’

२४ भदौमा प्रहरी र सेनाले मानिस बचाउनकै लागि बल प्रयोग नगरेको र यदि बल प्रयोग गरिएको भए ठूलो धनजनको क्षति हुन सक्ने बताउनुभयो । त्यसैले २४ गते सेना र प्रहरीले परिस्थितिलाई नियन्त्रणमा लिन नखोजको हो भन्ने कुरासँग आपूm पूर्णतः असहमत रहेको उहाँले बताउनुभयो ।

हालका गृहमन्त्रीले पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई पक्राउ गर्न आदेश दिनुभएको हो रु भन्ने प्रश्नमा उहाँले कानुनको परिपालना गर्न अहिलेको प्रधानमन्त्री र गृहमन्त्री आफुहरूभन्दा बढी दक्खल भएकाले त्यस्तो कुनै आदेश नदिनुभएको बताउनुभयो । गृहमन्त्रीले फलानालाई पक्राउ गर् भनेर नभन्ने उल्लेख गर्दै उहाँले त्यस्तो आदेश दिने कुनै कानुनी आधार पनि नरहेको जिकिर गर्दै भन्नुभयो– ‘कारबाहीको दायरामा कसलाई कसरी ल्याउने भनेर छलफल भएको हो तर व्यक्तिविशेषलाई नै पक्राउ गर्ने भन्ने विषयमा होइन । अहिले त छानबिन आयोग पनि बनिसकेकाले अब छानबिन समितिले नै आवश्यक निष्कर्ष निकाल्ला ।’

प्रहरी महानिरीक्षक खापुङले फागुन २१ गते निर्वाचन गराउन प्रहरी पूरै तयारी अवस्थामा रहेको र प्रहरीले यसका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै यसका लागि सरकारले प्रहरीको मनोबल उच्च बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले भन्नुभयो– ‘प्रहरीको मनोबल उठाउन जरुरी छ । प्रहरीको मनोबल उठाउनलाई नीतिगत निर्णय र स्पष्टता आवश्यकता छ । जुनसुकै घटना घट्दा पनि सबैभन्दा पहिला प्रहरी छानबिनको दायरामा ल्याउनु गलत हो । कानुनबमोजिम जिम्मेवारी बहन गर्दा प्रहरीमाथि कुनै प्रकारको छानबिन हुन नपाइने गरी कानुन बनाउनुपर्छ ।’