Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


लुक्ला विमानस्थलमा उडानको चाप


689
Shares

काठमाडाैं ।

सोलुखुम्बुको लुक्ला विमानस्थलमा दैनिक एक सय ६० वटासम्म उडान हुने गरेको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा जानका लागि एक मात्रै विमानको रुट यही विमानस्थल भएकाले उडानको चाप बढेको हो । पछिल्ला दिनहरुमा विभिन्न विमान कम्पनीहरुले दैनिक औसत ६० भन्दा बढी उडान भर्दै आएको र हेलिकप्टरहरुको समेत उडान गणना गर्दा दैनिक एक सय ६० भन्दा बढी उडान भईरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

हिजो मात्रै तारा एयरलाइन्स, सीता एयरलाइन्स र समिट एयरलाइन्सले ८० उडान गरेका थिए भने हेलिकप्टरहरुले २ सय बढी उडान गरेको नेपाल नागरिक उडड्यन प्राधिकरण लुक्लाका सिनियर एटिसी अफिसर अमनचन्द्र झाले जानकारी दिनुभयो ।

झाका अनुसार बुधबार विमानहरुले ६० र हेलिकप्टरहरुले एक सय भन्दा बढी उडान गरेका छन् । लुक्लामा हवाईमार्गबाट मात्र दैनिक १५ सय पर्यटकको आवतजावत हुने गरेको छ । हवाईमार्ग बाहेक पदमार्गमा पनि बाह्य पर्यटकहरुको आवातजावत निकैबढेको छ ।