Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता


3.6k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच बुधबार बिहान भेटवार्ता भएको छ।

भेटमा खनालले आफ्नी जीवनसाथी रविलक्ष्मी चित्रकारको उपचारमा देखाएको सद्भावप्रति प्रचण्डले धन्यवाद दिएका थिए।खनालका प्रेससहयोगी मिलन उपाध्यायका अनुसार भेटमा वर्तमान राजनीतिक अवस्थाबारे पनि छलफल भएको छ।

माओवादी–एकीकृत समाजवादी एकतामा नजाने घोषणा गरेका खनालले मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गुन्डुमा भेटेका थिए। एमाले नेताहरूका अनुसार ती वार्ता सकारात्मक रहेका छन्।