
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गर्नुभउकाे छ।
राष्ट्रपति रामचन्द्र पौडेल र ४ वटै सुरक्षा निकायका प्रमुखहरूसँग शनिबार शीतल निवासमा भएको छलफलपछि प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गर्नुभएकाे हाे । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको उहाँकाे भनाइ छ । तयारी अझै द्रूततर गतिमा अघि बढाइरहेकाे प्रधानमन्त्री कार्कीले शनिबार सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी गराउनुभएकाे छ।
उहाँले राष्ट्रपति पौडेल, गृहमन्त्री, अन्य मन्त्रीहरूसमेतको उपस्थितिमा ४ वटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचनको तयारी, सुरक्षा अवस्थाका विषयमा गम्भीर छलफल गरिएको र निर्वाचनको वातावरण तयार गर्न भइरहेका प्रयासको समीक्षा भएको पनि उल्लेख गर्नुभयाे।
प्रधानमन्त्री कार्कीले सबै सुरक्षा प्रमुखहरुले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराएको समेत बताउनुभयाे । निर्वाचनको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको र राजनीतिक दलहरूसँग संवादको शुरुवात भएको उहाँकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्