Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


सरकारले निर्वाचनमा भाग लिन तयार भएको पार्टीलाई नै तर्साउन खोज्योः माओवादी नेता पुन


4k
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारले जेनजी आन्दोलनलाई अत्मसाथ गरेर निर्वाचनमा भाग लिन तयार भएको पार्टीलाई नै तर्साउन खोजेको आरोप लगाउनुभएको छ।

काठमाडाैंमा शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे आराेप लगाउनुभएकाे हाे । उहाँले माओवादीका नेता, कार्यकर्ता र विद्यार्थीलाई सरकारका तर्फबाट तर्साउने काम भइरहेको बताउनुभयाे। उहाँले सरकारले गत भदौ २३ गतेको जेनजी युवाकाे आन्दोलनमा हत्या गर्ने र सत्तामा हालिमुहाली गर्ने विचौलियाहरुलाई कारबाही गर्न नसकेको बताउनुभएकाे छ।

माओवादी केन्द्र र पूर्वअध्यक्ष पुष्पकमल दाहाललाई अनुसन्धानको नाममा तर्साउन खोजेको उहाँको भनाइ थियाे । उहाँले यस प्रकारको प्रवृत्ति स्वीकार्य नहुने बताउनुभयो । माओवादी शान्ति, लोकतन्त्र र आजको भन्दा प्रगति चाहने पार्टी भएको बताउनुभएकाे छ।

माओवादी केन्द्रलाई हेप्न खोज्ने प्रवृत्ति त्याग्न समेत नेता पुनले आग्रह गर्नुभयाे ।