Logo १ कार्तिक २०८२, शनिबार | Sat Oct 18 2025


नेपालीकाे दाेस्राे ठूलाे महान पर्व तिहार आजदेखि शुरू


299
Shares

काठमाडाैं । नेपालीहरुकाे दाेस्राे ठूलाे महान पर्व यमपञ्चक अर्थात तिहार शनिबारदेखि शुरु भएको छ।

हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । शनिबार दिउँसो १ बजेर २३ मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले शनिबारदेखि तिहार पर्व शुरु भएको हो । शनिबार दिउँसो पछि त्रयोदशी तिथि परेकाले शनिबारै धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमदीपदान पनि शनिबारदेखि शुरु हुने समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्राध्यापक डा. देवमणि भट्टराईले जानकारी दिनुभयो । आइतबार काग तिहार र धनवन्तरी जयन्ती परेको छ।

तिथिको घटबढका कारण पर्सि सोमवार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पनि समितिले जनाएको छ । कात्तिक ३ गते दिउँसो २ बजेर ५२ मिनेटसम्म चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि ३ गते परेको छ । ४ गते मंगलबार यमपञ्चक अर्थात तिहारको मध्य समय परेपनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन । गाई-गोरु एवम् गोवद्र्धन पूजा कात्तिक ५ गते बुधबार परेको छ।

आत्म पूजा र नेपाल संवत्को आरम्भ यसै दिन परेको छ । कात्तिक ६ गते बिहीबार भाइ-टीका परेकाे छ । भाइ-टीकाको शुभ साइत ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको समितिले यसअघि नै जानकारी गराएको हाे । नेवारी समुदायको किजा-पूजा पनि कात्तिक ६ गते नै गरिने जनाइएकाे छ।