
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबारका लागि पदाधिकारीकाे बैठक बोलाउनुभएकाे छ।
यहि असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाउनुभएकाे हाे । बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको सहमहामन्त्री बद्री पाण्डेले बताउनुभयाे । बैठक बस्ने स्थान भने खुलाइएको छैन।
बैठकमा पार्टीको १५औं महाधिवेशन नियमित गर्ने कि विशेष गर्ने भन्ने विषय मुख्य एजेन्डाका रूपमा रहेको जनाइएकाे छ। त्यस्तै, गत भदौ २३ र २४ गते भएको जेनजी युवाकाे आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिकाे बारेमा बैठकमा छलफल हुने कांग्रेसले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्