
काठमाडाैं । नेकपा एमालेको सचिवालय बैठक जारी रहेकाे छ ।
भक्तपुरकाे गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा आइतबार दिउँसो १ बजेदेखि बैठक शुरु भएको हो । जेनजी युवाकाे आन्दोलनपछि पहिलो बैठक बसेकाे छ। बैठकले पछिल्लो राजनीतिक स्थितिकाे बारेमा समीक्षा गर्ने भएकाे हाे ।
साथै बैठकमा जेनजी आन्दोलनपछिको अवस्था, पार्टीमा परेको प्रभाव, संगठन सुदृढीकरण र आगामी रणनीतिकाे बारेमा छलफल हुने भएकाे एमालेले जनाएकाे छ ।






प्रतिक्रिया दिनुहोस्