Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


माओवादी केन्द्रका अध्यक्ष दाहालले गरे पद त्यागको घोषणा

दाहाल अब महाधिवेशन आयोजक समितिको संयोजक मात्रै

19.7k
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले अध्यक्ष पद त्याग गरेको घोषणा गर्नुभएको छ ।

काठमाडौंमा शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे घोषणा गर्नुभएकाे हाे । उहाँले अब आफू माओवादी केन्द्रकाे अध्यक्ष नरहेको घोषणा गर्नुभएको छ। उहाँले आफू अब महाधिवेशन आयोजक समितिको संयोजक मात्रै रहेको समेत बताउनुभयो ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबारदेखि काठमाडौंमा जारी थियो ।