Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


माओवादी केन्द्रको विशेष महाधिवेशन आगामी मंसिरमा गर्न अध्यक्ष दाहालको प्रस्ताव, केन्द्रदेखि तल्लो तहसम्मका सबै समिति भंग गर्ने


2.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने माग उठिरहेकाे समयमा पार्टी पदाधिकारी बैठकमा पार्टीको विशेष महाधिवेशन आगामी मंसिरसम्ममा गर्ने प्रस्ताव गर्नुभएकाे छ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार शुरु भएको पदाधिकारी बैठकमा बाेल्दै उहाँले आगामी मंसिरमा पार्टीको विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेको पार्टी सचिव देवेन्द्र पौडेलको बताउनुभएकाे हाे । अध्यक्ष दाहालकाे प्रस्तावमा केन्द्रदेखि तल्लो स्तरसम्मको सबै समितिहरू भंग गर्ने समेत भनिएको छ ।

उहाँले बैठकमा जेनजी युवाकाे आन्दोलन र यसले उठाएका प्रश्नहरूको विषयमा पनि कुरा गर्नुभएकाे थियाे । पछिल्लो समय ठूला राजनीतिक दलहरूमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस चलेपछि अध्यक्ष दाहाल गलेको देखिन्छ ।