Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


आफ्नो संगठनबाट सरकारमा ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने जेनजीको माग (पत्रसहित)

प्रधानमन्त्री कार्कीले के जेनजीकाे ५० प्रतिशत माग पूरा गर्लिन त ?

3.9k
Shares

काठमाडौं । जेनजी नेपालले वर्तमान सरकारमा आफ्नो संगठनबाट ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ ।

जेस्मिन ओझाको नेतृत्वमा गएको जेनजी नेपालका प्रतिनिधिहरूले बिहीबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर साेही माग राखेका हुन् । उनीहरूले ७ बुँदे प्रस्ताव राख्दै सरकारमा जेनजीको ५० प्रतिशत र नागरिक समाजबाट ५ प्रतिशत प्रतिनिधि हुनुपर्ने माग गरेका छन् । उनीहरूले प्रत्येक मन्त्रालय र सरकार सञ्चालनमा जेनजीको नेतृत्व समेटिनुपर्ने माग गर्दै सरकार सञ्चालनको उच्चस्तरीय सल्लाहकारमा पनि जेनजीको प्रतिनिधि अनिवार्य सहभागी हुनुपर्ने माग गरेका हुन् ।

उनीहरूले संवैधानिक आयोग र राजदूत नियुक्तिमा पनि जेनजीको ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने, नेपाल सरकारको मुख्य सचिव र अन्य सचिवको सचिवालयमा पनि जेनजीको प्रतिनिधित्व हुनुपर्ने माग समेत गरेका छन् । उनीहरूले प्रमुख जिल्ला अधिकारी, स्थानीय तहको लेखापाल र कार्यकारी प्रमुख समेत जेनजीको समन्वयमा पठाउनुपर्ने र जिल्ला समन्वय समितिलाई तत्काल खारेज गर्न समेत माग गरेका हुन् । भन्सार, जिल्लाका मालपोत र न्यायालयका प्रमुख पदहरूमा पनि जेनजीको प्रतिनिधि तथा जेनजीले सिफारिस गरेको प्रतिनिधि हुनुपर्ने जेनजीले माग गरेकाे पत्रमा भनिएकाे छ ।

प्रधानमन्त्री सुशीला कार्कीले ११ सदस्यीय मात्रै मन्त्रिमण्डल गठन गर्ने बताउनुभएकाे छ। हाल ३ जना मन्त्री मात्र नियुक्त भएका छन् ।