Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


सुनसरीमा बसले ट्रकलाई ठक्कर दिंदा २ जनाको मृत्यु, २२ घाइते


390
Shares

काठमाडौं । सुनसरीमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिंदा २ जनाको मृत्यु भएको छ ।

सोही दुर्घटनामा परी २२ जना घाइते भएको प्रहरीले बताएको हो। भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा बिहीबार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

सोही दुर्घटनामा परी मृत्यु भएका २ जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। एक जनाको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको थियो भने एक जनाको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको हो ।

घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालयले जनाएको छ।