
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेटेरै बधाई तथा शुभकामना दिनुभएकाे छ ।
राजदूत सोङले बिहीबार प्रधानमन्त्री कार्कीलाई भेटेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएकाे हाे । साेही भेटका क्रममा राजदूत सोङले प्रधानमन्त्री कार्कीलाई शुभकामना तथा बधाई दिंदै चिनियाँ सहयोगको प्रतिबद्धता जनाउनुभएकाे थियाे ।
साथै भेटमा आपसी दृष्टिकोण आदान-प्रदान गर्दै गर्दै मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउने बारेमा दुवै पक्ष सहमत भएको चिनियाँ दूतावासले उल्लेख गरेको छ । जेनजी आन्दोलनपछि कार्की गत भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्