
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन समर्थन जनाउनुभएको छ ।
जेनजी युवा प्रतिनिधिहरूले बुधबार कार्कीलाई नयाँ नेतृत्वका लागि नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए । सोही प्रस्तावमा मेयर बालेनले पनि समर्थन जनाउनुभएको छ । बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश कार्कीको नाम प्रस्ताव गरेका थिए । तर, बाहिर भेला भएर युवाहरुले त्यसविरुद्ध नाराबाजी गरिरहेका छन् ।
मेयर बालेनसहितका नामहरु समेत लिइरहेका छन् । बुधबार दिनभरी जेनजी युवाले सामाजिक सञ्जाल डिस्कर्डमा समेत कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल गरेका थिए ।
सोही क्रममा समेत कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको छ ।
प्रतिक्रिया दिनुहोस्