Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


रुस युक्रेन शान्ति सम्झौतामा ट्रम्पको जोड


442
Shares

काठमाडौं ।


अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धमा सिधै स्थायी शान्ति सम्झौता हुनुपर्ने बताउनुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको भेटपछि ट्रम्पले अस्थायी युद्धविरामलाई बाइपास गरेर सिधै शान्ति सम्झौतामा पुग्न चाहेको बताउनुभएको हो ।

उक्त विषयमा छलफल गर्न गर्न ट्रम्पले भोलि वाशिंगटनमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई बोलाउनुभएको छ ।

पुटिन–ट्रम्प शिखर सम्मेलनपछि ट्रम्पसँगको फोन वार्तामा जेलेन्स्कीले पनि वास्तविक, दिगो शान्तिको लागि आह्वान गर्नुभएको छ । यसको प्रत्रिलया युद्धविरामबाट सुरु हुने उहाँको बुझाई छ ।

यसैबीच, पुटिनले ट्रम्पलाई एक शान्ति प्रस्ताव प्रस्तुत गरेको बताइएको छ, जसमा युक्रेन डोनबासको डोनेट्स्क क्षेत्रबाट फिर्ता हुनुपर्नेछ । बदलामा रूसले जापोरिजिया र खेरसनमा थप आक्रमण गर्नेछैन ।