Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


राष्ट्रिय सभाको बैठक बस्दै


169
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो सवा १ बजे बस्नेछ ।

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ सभा समक्ष पेस गर्नुहुनेछ ।

त्यस्तै राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गर्नुहुनेछ ।

त्यस्तै बैङ्किङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराइ टेबुल गर्नुहुने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रश्ताव सभा समक्ष प्रश्तुत गर्नुहुनेछ ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । साथै नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।