Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै


338
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्नेछ ।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्बन्धी विनियोजन शिर्षकमाथि छलफल हुनेछ ।

यस्तै राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग सम्बन्धी विनियोजन शिर्षकमाथि छलफल हुने जनाइएको छ ।