Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


राष्ट्रिय सभाको बैठक बस्दै


104
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १.१५ बजे बस्नेछ ।

बैठकमा सोनाम गेल्जेन शेर्पा प्रश्तावक र जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाय, भगवती न्यौपाने, मदनकुमारी शाह (गरिमा), मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, र शेखरकुमार सिंह समर्थक भइ सूचना दिनुभएको सवारी दुर्घटना न्यूनीकरण गर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रश्तावमाथि छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७” का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराइ टेबुल गर्नुहुनेछ ।

त्यसैगरि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले “मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूची रहेको छ ।