Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


गल्याङ नगरपालिका उपमेयर न्यौपाने निलम्बित


10.5k
Shares

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाकी उपमेयर हेमा न्यौपाने तिमिल्सिनाको पद निलम्बनमा परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेपछि हेमाको पद निलम्बनमा परेको हो ।

गल्याङ वटा नम्बर ३ मा रहेको पकवादी सहकारी संस्थाको तत्कालिन उपाध्यक्ष समेत रहेकी न्यौपानेसहित कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, गल्याङका पुर्व वडा अध्यक्ष हरिलाल खनाल, गल्याङका व्यवसायी महेन्द्र श्रेष्ठ, उमा श्रेष्ठ लगायत आठ जनाविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरको हो ।

यस्तै, कृषि निर्देशनालयकै कृषि इञ्जिनियर विश्वनाथ पौडेल, तत्कालिन कृषि अर्थविज्ञ भानुभक्त भट्टराईविरुद्ध पनि अख्तियारले मद्दा दायर गरेको छ ।

पकवादी कृषि सहकारी संस्थाले भवन निर्माण गर्न भनी गण्डकी प्रदेश सरकारबाट लिएको अनुदान रकम हिनामिना गरेको आरोपमा उनीहरु विरुद्ध मुद्धा दायर गरिएको हो । उनीहरू विरुद्ध जनही २८ लाख ३७ हजार रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।