२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


अन्य देशको तुलनामा नेपालको दूरसञ्चार सेवा शुल्क महँगो नभएको निमित प्रवन्ध निर्देशक अर्यालको दाबी


1.482k
Shares

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की निमित्त प्रवन्ध निर्देशक संगीता पहाडी अर्यालले दूरसञ्चार सेवा शुल्क महँगो भयो भन्ने विषय सान्दर्भिक नभएको बताउनु भएको छ ।

सार्वजनिक लेखा समितिको बिहीवार बसेको बैठकमा नेपाल टेलिकमको विषयमा समितिलाई जानकारी दिँदै निमित प्रवन्ध निर्देशक अर्यालले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा दूरसञ्चार सेवा नेपाल टेलिकमले एशियाको दोस्रो सस्तोमा सेवा दिने संस्था पर्ने बताउनु भयो ।

उहाँले सबैभन्दा सस्तो भारतमा ०.१७ डलर पति जिबी छ भने नेपालमा ०.२ डलरप्रति जिबी रहेको दाबी गर्नुभयो । उहाँले भारतपछिको सस्तो दूरसञ्चार सेवालाई महँगो भन्ने कुरा सान्दर्भिक नभएको जिकिर गर्नुभयो । उहाँले विश्वमा हेर्दा पनि नेपाल टेलिकमले नेपालीहरुलाई दुरसञ्चार सेवा भारतपछि सस्तोमा सेवा दिइरहेको बताउनु भयो ।

उहाँले २०७३ सालमा प्रति क्षमता ३७.२५ नेपाली रुपैयाँ थियो भने २०७८/८९मा आउँदा १९.६९ पैसा रहेको बताउनु भयो । उहाँले चार वर्षमा ३७.२५ पैसाबाट घटेर १९.६९ रुपैयाँमा झरेको उल्लेख गर्नुभयो। उहाँले २०७३ सालमा ७४ पैसा थियो भने अहिले प्रति एमबी डाटा ५ पैसामा झरेको भन्दै टेलिकमले दूरसञ्चार सेवाको लागतलाई निरन्तर रुपमा कम गर्दै आइरहेका बताउनु भयो । अर्यालले नेपाल टेलिकमले सरकारलाई अहिलेसम्म कुनै पनि वक्यौता रकम तिर्न बाँकी नरहेको बताउनु भयभो ।
उहाँले जिएसएम मोबाइल लाइसेन्सको २०८१ बैशाखमा समाप्त हुने भन्दै यो विषयमा अहिलेसम्म कुनैपनि निर्णय नभइसकेकाले निर्णय भएपछि त्यही अनुसार वक्यौता रकम बुझाउने बताउनु भयो। उहाँले दूरसञ्चार सेवा शुल्क बढाउने भन्दा पनि निरन्तर रुपमा कम गर्दै लगेकाले पनि टेलिकमको राजश्व कम भएको बताउनु भयो ।

उहाँले टेलिकमको एडिएसएल प्रविधिमा ल्यानलाइन फोनहरु अहिले धेरै ग्राहकहरुले प्रयोग गर्ने भएकाले त्यसबाट पनि राजश्व कमी भएको बताउनु भयो । उहाँले इन्टरनेट सेवा २०७३ साल अघिसम्म नेपाल टेलिकम मात्रै थियो अहिले बढेर ४० बढी पुगेको भन्दै टेलिकमलाई आउने पैसा सबैमा बाँडिदा टेलिकमको राजश्व कम भएको बताउनु भयो ।