Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


प्रतिनिधि सभाको बैठक सुरू


221
Shares

काठमाडौं । संघीय संसदअन्तगर्त आइतबार प्रतिनिधि सभाको बैठक सुरू भएको छ ।

बैठक आइतबार दिउँसो १ बजेबाट सुरु भएको हो। आइतबारको यो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।