६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


ललितपुर-३ : तोसिमा कार्कीले फेरि लिइन् अग्रता


8.671k
Shares

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पुनः अग्रता लिनुभएकाे छ ।

कार्की पहिलाे स्थानमा रहनु भएकाे छ भने एमालेका अमृत खड्का दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो स्थानमा रहनु भएकाे छ ।

कार्कीले १ हजार ४८२ मत प्राप्त गर्दा खड्का १ हजार ४४८ मत प्राप्त गर्नुभएकाे छ ।

भुसालले ९८८ मत प्राप्त गर्नुभएकाे छ ।

यसअघि यो क्षेत्रमा सुरुवातमा तोसिमाले अग्रता लिए पनि सोमबार दिउँसो नेकपा एमालेका उम्मेदवार खड्काले अग्रता लिनु भएकाे थियाे ।

माओवादी उम्मेदवार भुसाल भने सुरुवातदेखि नै तेस्रो स्थानमा रहनु भएकाे छ । यसअघि २०७४ सालमा यो क्षेत्रबाट माओवादीबाट भुसाल नै निर्वाचित हुनुभएकाे थियाे ।