Logo ४ आश्विन २०८२, शनिबार | Sun Sep 21 2025


१४ सय मत गन्न बाँकी रहँदा मुस्ताङमा कांग्रेसलाई ६३५ मतको अग्रता


1.1k
Shares

काठमाडौं । १४ सय मत गन्न बाँकी रहँदा मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले ६३५ मतको अग्रता लिएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा थकालीले अग्रता लिएका हुन् । थकालीले ३ हजार १५६ मत पाएका छन् ।

५ हजार ८२० मत गन्दा थकालीका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले २ हजार ५२१ मत पाएका छन् ।

मुस्ताङमा ७ हजार २३० मत खसेको छ । अब १ हजार ४१० मत गन्न बाँकी छ ।