Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


गठबन्धनविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका पाँच नेता परे कारबाहीमा


2.6k
Shares

काठमाडाैं । सत्ता गठबन्धनविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका ५ जना नेता कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्नेमा केन्द्रीय सदस्य हेमराज भण्डारी, अशोककुमार मण्डल, वीरेन्द्र यादव, दीपेन्द्रबहादुर पुन मगर, केन्द्रीय लेखा परीक्षण आयोग सदस्य काशिचन्द्र बराल छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा विशेष परिपत्र जारी गर्दै उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको बताउनुभयाे ।

प्रचण्डले हस्ताक्षर गरेर शुक्रवार जारी गरेको परिपत्रमा भनिएको छ, ‘नेकपा माओवादी केन्द्र सहितको गठबन्धनका उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दिने केन्द्रीय समिति सदस्य तथा केन्द्रीय निकायका सदस्यहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जानकारी गराइन्छ ।’