Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको बिदा कटौती


104
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको १० औं अधिवेशनलाई केन्द्रित गरी गौरा पर्वको बिदा कटौती गरेको छ ।

प्रदेश सभामा प्रक्रियामा रहेका विधेयकलाई हतारमा पारित गराउन र अधिवेशन अन्त्य गर्न १७ गते घोषणा गरिएको बिदा कटौती गरेको हो ।

यहि भदौ १८ गते परेको गौरा पर्वमा संघीय सरकारले बिदा दिएकोमा प्रदेश सरकारले थप एक दिन १७ गते पनि बिदा दिने भनेर प्रदेश राजपत्रमा उल्लेख गरेको थियो।

तर बुधबार एक सूचना जारी गर्दै प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले थपिएको एक दिनको बिदा कटाैती गरिएकाे छ ।

त्यस्तै भदौ १२ गते थारु समुदायको अटवारी पर्वका लागि कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिइसकिएकाले १९ गतेका लागि राजपत्रमा उल्लेख भएको बिदा समेत कटौती गरेकाे सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ।