Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


रुपन्देहीमा चुनावी तालमेल गर्न गठबन्धनकाे संयन्त्र गठन


260
Shares

काठमाडौ । सत्ता गठबन्धनमा आवद्ध पाँच दलले रुपन्देहीमा पनि चुनावी तालमेलका लागि जिल्ला स्तरीय संयन्त्र गठन गरेका छन् ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको संयोजकत्वमा गठन भएको संयन्त्रमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नारायण जिसी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राम अवतार यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष राजु गुरुङ र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेका छन् ।

समितिले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको वस्तु स्थितिको प्रतिवेदन तयार गरी केन्द्रलाई पठाउने छ ।

संयन्त्रले आ–आफ्नो पार्टीको स्थानीय तहमा वस्तु स्थिति तयार गरी यहि चैत २२ गते थप छलफल गर्ने बताएको छ ।