Logo १४ कार्तिक २०८३, शनिबार | Sat, Oct 31, 2026


निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सुरु


78
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा सरोकारवालासँग अन्तरक्रिया सुरु गरेको छ ।

बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगले यसबारेमा जानकारी दिएको हो । यो कार्यक्रम देशका विभिन्न जिल्लाहरुमा सञ्चालन हुने र सातै प्रदेशका सदरमुकाममा कार्यक्रम गरिने आयोगले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी सुर्यप्रसाद अर्यालले अहिले आयोगले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका दलमध्ये राष्ट्रिय मान्यता प्राप्त बाहेक ७३ राजनीतिक दलले आयोगमा पठाएका विवरणको रुजु गर्ने काम गरिरहेको बताउनुभयो ।

उहाँले मतदाता नामावली, मतदाता परिचयपत्र, निर्वाचनसँग सम्बन्धित निर्देशिका लगायतका सामग्री छपाइका लागि विभिन्न ६ वटा प्याकेजको बोलपत्र स्वीकृत गरी आपूर्तिकर्तासँग सम्झौता गर्न पत्राचार गरिएको पनि बताउनुभयो ।

निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत आवश्यक हुने मतदाता शिक्षा सामग्री तयारीका लागि विभिन्न ४ वटा समूहमा संघसंस्था सूचिकृतका लागि सूचना गरिएकोमा अडियो तथा भिडियो सामग्री उत्पादनमा ६१ वटा, भिडियो तथा टेलिभिजन प्रशारणमा १५ वटा, सूचना एवंं सन्देश प्रकाशनमा १९ वटा, सामाजिक सञ्जाल प्रवद्र्धनमा ४५ वटा संघसंस्थाको आवेदन दर्ता भएको आयोगले जनाएको छ ।

Skip This