Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


चुनावी तालमेलबारे पार्टीमा तीनथरी मत छ : कांग्रेस नेता सिंह


299
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एक महिने चुनावी अभियानपछि मात्रै कुन कुन दलसँग तालमेल गर्ने नगर्ने भन्नेबारेमा निर्णय लिइने बताउनुभएको छ ।

काठमाडौंमा आज बिहान गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियानपछि मात्रै कांग्रेसले चुनावी तालमेलका बारेमा निर्णय गर्ने बताउनुभएको हो ।

उहाँले चुनावी तालमेलबारे कांग्रेसमा अहिले तीन थरी धारणा रहेको पनि उहाँले बताउनुभयो । ‘आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा आइरहेको छ । एकथरी एक्लै जानुपर्छ, अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ । एउटाले जिल्लालाई जिम्मा दिएर आवश्यकताअनुसार गर्नुपर्छ भन्छ,’ नेता सिंहले भन्नुभयो ‘अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि वर्किङ कमिटीमा के गर्दा राम्रो हुन्छ त्यो निर्णय गर्छौँ।’

सत्तारुढ पाँच दलीय गठबन्धन कांग्रेसले चाहेरमात्रै नभएको जिकिर गर्दै सिंहले परिस्थितिज्य कारणले यो गठबन्धन बनेको प्रष्ट्याउनु भएको छ । ‘संविधानलाई ट्रयाकमा राखिराख्ने, यसलाई जीवन्त राख्नका लागि गठबन्धन बनेको हुनाले आवश्यकताअनुसार बनेको गठबन्धन हो,’ उहाँले भन्नुभयो, ‘यो कांग्रेसले चाहेरमात्र होइन कि परिस्थितिज्य कारणले यो गठबन्धन हो ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले भने बिहीबार केन्द्रदेखि स्थानीय तहसम्म सत्ता गठबन्धन मिलेर जानुपर्ने धारणा राख्नुभएको थियो ।

Skip This