Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


स्याङ्जामा ७ किलो गाँजासहित एक युवक पक्राउ


221
Shares

स्याङ्जा, माघ २१ । स्याङ्जा अर्जुन चौपारी गाउँपालिका–१ गहतेबाट करिब ७ किलो ५ सय ग्राम अवैध गाँजासहित प्रहरीले एक युवकलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २३ वर्षीय पवन जिसी घर्ती रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका जनाएको छ ।

प्रहरीका अनुसार घर्तीले आफ्नै घरमा चार बोरामा लुकाई छिपाई राखेको सात केजी पाँच सय ग्राम अवैध लागु औषध सुकेको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।

प्रहरीले उनलाई लागुऔषध (गाँजा)सम्बन्ध कसुर मुद्धा दर्ता गरी शुक्रबार स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।