Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट


0
Shares

काठमाडौं, भदौ १७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दायर भएको छ ।

कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत दायर रिटमा कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेकै अवस्थामा दशौँ हजारको उपस्थिति रहने महाधिवेशन प्रक्रिया सुरु गरिनु जनस्वास्थ्यको मापदण्ड प्रतिकूल हुने दाबी गरिएको छ ।

साथै रिटमा महाधिवेशन रोक्न उपयुक्त आदेश माग गरिएको छ । सो रिटको पेशी आइतबारका लागि तोकिएको छ ।