डम्मर बुढा मगर,
बुर्तिबाङ । निरन्तर वर्षातको राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक खण्ड अवरुद्ध भएको छ । सडक खण्ड अन्तरगत बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ को विभिन्न स्थानमा बाढीले सडक बगाउँदा अवरुद्ध भएको हो ।
भूजीखोलामा बाढी आएको बाढीले सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगतको बुर्तिबाङ–ढोरपाटन सडक अवरुद्ध भएको स्थानीय गगन पुनले बताउनुभयो । बाढीले सडक बगाएपछि ढोरपाटन–बोबाङ आवतजावत गर्ने स्थानीय र ढोरबराह मन्दिरमा जाने दर्शनार्थी समस्यामा परेका छन् ।
सडक अवरुद्ध भएपछि दैनिक ढोरपाटन–बोबाङ गर्ने सयौँ नागरिकलाई समस्या भएको पुनको भनाई छ । उहाँले भूजीखोला उर्लेर सडकमै आएको बताउनुभयो ।
बाढीले ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ अन्र्तगत पर्ने दुवाल, भुसण्डे, सुप्राङ, दोहाल लगायतको क्षेत्रको सडकमा निकै ठूलो क्षति पु¥याएको उहाँको भनाई छ । सडक बगाएपछि भुजीखोला सालझण्डी ढोरपाटन सडकको रुटबाट बगिरहेको छ ।
बाढीका कारण भुजीखोला पाचौँ लघुजलविद्युत आयोजनाको मुहानमा समेत बगाएको छ । मुहान बगाएपछि यहाँका सयौँ घरधूरीका स्थानीयहरु अन्धकारमा बस्न बाध्य भएका छन् ।
बाढीले क्षति पु¥याएको सडकलाई तत्काल मर्मत गर्नका लागि स्थानीयले सालझण्डी–ढोरपाटन सडक आयोजनालाई आग्रह गरेका छन् ।
सडकलाई तत्काल सुचारु गर्नका लागि मेसिनहरुको व्यवस्थापन गरि केही दिनमै सडक संचालन गर्ने आयोजनाका इन्जिनियर सुरज चौधरीले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्